ग्लोबल


अमेरिकाको फिलाडेल्फिया सहरबीच विमान खस्दा (भिडिओ)

अमेरिकाको फिलाडेल्फिया सहरबीच विमान खस्दा (भिडिओ)

शुक्रबार साँझ अमेरिकाको फिलाडेल्फिया सहरबीच विमान खस्दा देखिएको दृश्य


नेपालखबर
माघ १९, २०८१ शनिबार ११:२९, काठमाडौँ

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया सहरमा शुक्रबार साँझ ६ जना सवार एउटा सानो विमान (एअर एम्बुलेन्स) खसेर दुर्घटना भएको छ।

चालक दलका ४ सदस्य, एक जना बिरामी बालक र उनको हेरचाह गर्ने व्यक्ति लिएर शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ घना वस्तीबीच खसेको हो। 

मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थलतर्फ जाँदै गर्दा खसेको विमानले धेरै घर र सवारीसाधनमा समेत क्षति पुगेको छ। यसले गर्दा जमिनमा रहेका अन्य मानिस हताहती भएको आशंका छन्। 

विमान दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा  सार्वजनिक भएको छ। जसमा विमान आकाशबाट तीव्र गतिमा सहरबीच खसेको देखिन्छु। 

खसेपछि विमान ठूलो आवाजमा विस्फोट भएको र आगोको ठूलो लप्का उठेको भयावह दृश्य देखिन्छ। 

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad