ग्लोबल


भारतले यस वर्ष पनि नेपाललाई छुट्यायो ७ अर्ब भारु

भारतले यस वर्ष पनि नेपाललाई छुट्यायो ७ अर्ब भारु

नेपालखबर
माघ १९, २०८१ शनिबार १९:५, काठमाडौँ

छिमेकी देश भारतले नेपाललाई यस वर्ष पनि ७ अर्ब अनुदान दिने भएको छ। वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरता दिएकी हुन्। 

यश बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ। जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो। 

यसअनुसार यो वर्ष पनि नेपालले गत वर्षकै जति सहयोग पाउने भएको हो। नेपालले ७ अर्ब पाउँदा भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ। 

त्यस्तै माल्दिभ्सले ६ अर्ब, अफगानिस्तानले १ अर्ब, म्यानमारले साढे ३ अर्ब, श्रीलंकाले ३ अर्ब र बंगलादेशले १ अर्ब २० करोड पाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad