भारतीय उद्याेगपति तथा अदानी समूहका मालिक गौतम अदानीविरुद्ध अमेरिकामा लागेको घुसखोरी अभियोगबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया दिएका छन्।
अमेरिका भ्रमणमा रहेका मोदीलाई त्यहाँ सोधिएको थियो, ‘तपाईंले ट्रम्पसँग गौतम अदानी मुद्दाबारे छलफल गर्नुभयो? अनि ट्रम्पलाई यस विषयमा कारबाही गर्न भन्नुभयो?’
जतिबेला ट्रम्प पनि मोदीसँगै थिए।
जवाफमा मोदीले भने, ‘भारत एक लोकतान्त्रिक देश हो। हाम्रा मूल्यमान्यता र संस्कृति वसुधैव कुटुम्बकम हो।’
उनले थपे, ‘हामी सम्पूर्ण विश्वलाई एक परिवार मान्दछौँ र म प्रत्येक भारतीयलाई आफ्नो परिवार मान्दछु। यस्ता व्यक्तिगत मामिलाका लागि दुई देशका प्रमुखहरू न त भेट्छन्, न बस्छन्, न त कुरा गर्छन्।’
हालै अमेरिकामा अदानीविरुद्ध आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो।
अमेरिका भ्रमणका क्रममा मोदीले अमेरिकी राष्ट्रपतिसँग ह्वाइट हाउसमा विविध विषयमा कुराकानी गरेको सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया