हमासले शनिबार थप ३ बन्धक रिहा गरेको छ।
हमासले शनिबार रुसी-इजरायली अलेक्ज्यान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी-इजरायली सागुई डेकेल-चेनलाई रिहा गरेको हो।
उनीहरूलाई रेडक्रसको जिम्मा लगाइएको हो।
इजरायलले गाजामा भएको युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले आज थप तीन बन्धक छाड्न राजी भएको हो।
यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा रोक्ने बताएको थियो।
जनवरी १९ देखि युद्धविराम भएयता हमासले शनिबार छैटौँपटक थप ३ बन्धक रिहा गरेको हो।
तर योपालि पनि नेपाली विद्यार्थी विपिन जोशी भने परेनन्।
आजसमेत गरेर हमासले अहिलेसम्म २४ बन्धकलाई मुक्त गरेको छ।
300
Shares

प्रतिक्रिया