ग्लोबल


युद्धविरामका बीच इजरायली हवाई आक्रमणमा गाजामा ३ प्रहरी अधिकारीको मृत्यु

युद्धविरामका बीच इजरायली हवाई आक्रमणमा गाजामा ३ प्रहरी अधिकारीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८१ सोमबार ६:५७, जेरुसेलम

गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको विज्ञप्तिमार्फत जनाएको छ।

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पुर्‍याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्रालयले आक्रमणको निन्दा गरेको छ।

साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ।

जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको बाबजुद इजरायलले गाजामा धेरै हवाई आक्रमण गरिरहेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad