इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आज (आइतबार) सुरु भएको छ।
एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदायका मानिस निराहार व्रत बस्छन्।
उर्दू क्यालेन्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो।
रमजान महिनामै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।
यसैबीच हमास-इजरायल युद्धले थिलथिलो भएको गाजा क्षेत्रमा पनि आज रमजानको हर्षाेल्लास देखिएको छ।
सोही पर्वलाई महत्त्व दिँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविरामको अवधि ६ हप्ता थपिएको बताएका छन्।
योसँगै गाजामा पनि रमजान मनाइरहेका केही तस्बिर सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।
हेर्नुहोस् ५ तस्बिर-





270
Shares

प्रतिक्रिया