ग्लोबल


ट्रम्पको टिप्पणी: पुटिनको चिन्ता गर्नुको सट्टा अन्य गम्भीर मुद्दामा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण

ट्रम्पको टिप्पणी: पुटिनको चिन्ता गर्नुको सट्टा अन्य गम्भीर मुद्दामा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण

फाइल तस्बिर: ट्रम्प र पुटिन


नेपालखबर
फागुन १९, २०८१ सोमबार २०:४३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन (रुसका राष्ट्रपति भ्लादिमिर पुटिन) को चिन्ता लिनुको साटो अन्य गम्भीर मुद्दामा ध्यान दिनु आवश्यक भएको टिप्पणी गरेका छन्। 

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युराेपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत त्यस्तो टिप्पणी गरेका हुन्। 

उनले लेखेका छन्, ‘आप्रवासी बलात्कारी गिरोह, लागुऔषध माफिया, हत्यारा र मानसिक अस्पतालका मानिसहरू जो हाम्रो देशमा आइरहेका छन्, हामीले यस्ता मुद्दामा बढी ध्यान दिनुपर्छ ताकि हाम्रो अवस्था युरोपको जस्तो नहोस्।’

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युराेपेली मुलुकका नेताहरूले छलफल गरेका थिए। यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका छन्। 

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो। 

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युराेपेली देशका नेताहरूको बैठक भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad