ग्लोबल


अमेरिकाले तोकेको भन्सार शुल्क आजदेखि लागू हुने, तत्काल फिर्ता लिन चीनको माग

अमेरिकाले तोकेको भन्सार शुल्क आजदेखि लागू हुने, तत्काल फिर्ता लिन चीनको माग

फाइल तस्बिर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ


नेपालखबर
फागुन २०, २०८१ मंगलबार ७:४८, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भन्सार शुल्क लगाउने घोषणा आज (मंगलबार) देखि लागू हुने बताएका छन्। 

ट्रम्पले सोमबार ह्वाइट हाउसमा भनेअनुसार मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ भने चीनका सामानमा थप १० प्रतिशतर शुल्क लगाइनेछ। 

यसैबीच चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ र बढेको शुल्क तत्काल फिर्ता लिन माग गरेको रोयटर्सले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयले मंगलबार भनेको छ, ‘अमेरिकाले घातक औषधि फेन्टानिलसँग सम्बन्धित आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाका रूपमा प्रयोग गरिरहेको छ।’

भन्सार शुल्क लगाउने समाचारपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ।

क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् र मंगलबारदेखि उनीहरूका उत्पादनमा अमेरिकाले पहिलेभन्दा बढी आयात शुल्क लगाउन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad