ग्लोबल


अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्दा रुसको प्रतिक्रिया: शान्तिका लागि ठूलो योगदान

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्दा रुसको प्रतिक्रिया: शान्तिका लागि ठूलो योगदान

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभ


नेपालखबर
फागुन २०, २०८१ मंगलबार २०:१८, काठमाडौँ

युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया दिएको छ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गले यस विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभसँग प्रतिक्रिया मागेका छन्।

जवाफमा प्रवक्ता पेस्कोभले भने, ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिनेछ।’ 

पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश हो। 

उनले भने, ‘यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिका लागि सबैभन्दा ठूलो योगदान हुनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सैन्य सहयोग रोकेका छन्।

गत शुक्रबार (फागुन १६ गते) युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको कार्यालयमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेको चार दिनपछि अमेरिकाले सैन्य सहयोग रोकेको घोषणा गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad