अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्प प्रशासनका सदस्यसमेत रहेका अर्बपति व्यवसायी इलोन मस्कले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीसँग बहस गरेका छन्।
बहस युक्रेनमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने मस्कको स्टारलाइन स्याटलाइट सिस्टम (उपग्रह प्रणाली) प्रयोगबारेमा थियो।
युक्रेनमा प्रणाली बन्द गर्ने मस्कले दिएको धम्कीमा सिकोर्स्कीले भने, ‘यदि स्टारलिंक बन्द गर्ने धम्की दिइयो भने अन्य आपूर्तिकर्ता खोजिनेछ।’
यद्यपि रुबियोले तुरुन्तै प्रणाली बन्द हुने मस्कको दाबीलाई खण्डन गरे। साथै उनले सिकोर्स्कीलाई कृतज्ञता व्यक्त गर्न आग्रह गरे।
मस्कले सिकोर्स्कीलाई 'नीच मान्छे' भनेपछि तीन जना बीचको बहस टुंगिएको थियो।
स्टारलिंक प्रणाली विश्वभरका युद्ध क्षेत्र- जस्तो: दुर्गम र सेवाबाट वञ्चित क्षेत्रमा उच्च-गतिको इन्टरनेट प्रदान गर्ने स्पेसएक्सको मिसनको एक हिस्सा हो।
आइतबारको बहस त्यतिबेला सुरु भयो जब मस्कले स्टारलिंकलाई ‘युक्रेनी सेनाको मेरुदण्ड’ भने।
उनले लेखे, 'यदि मैले यसलाई बन्द गरेँ भने, युद्धको अग्रपंक्ति ध्वस्त हुनेछ।’
मस्कको पोस्टको जवाफमा सिकोर्स्कीले भने, 'पोल्यान्डले यो सेवाबापत भुक्तानी गरिरहेको छ।’
मस्क अमेरिकाको सरकारी दक्षता विभाग (डज) का प्रमुख हुन्।
Shares

प्रतिक्रिया