ग्लोबल


अमेरिकाको साँठगाँठमा इजरायलले युद्धविराम भंग गरेको हमासको भनाइ

अमेरिकाको साँठगाँठमा इजरायलले युद्धविराम भंग गरेको हमासको भनाइ

नेपालखबर
चैत ५, २०८१ मंगलबार १५:५३,

इजरायलले युद्धविराम भंग गर्दै गाजामा ३३० जनाको ज्यान लिएको छ। इजरायलको यो कदममा अमेरिकाको पनि साँठगाँठ रहेको हमासले बताएको छ।

‘वासिङ्टनसँग आक्रमणकारीहरुको पहिलेको सहकार्यले हाम्रा जनताविरुद्धको नरसंहारकारी युद्धमा उसको साँठगाँठ रहेको पुष्टि गर्छ, जसले युद्ध अपराधलाई ढाकछोप गर्ने गर्छ,’ हमासका प्रवक्ताले भनेका छन्।

उनले गाजाको रक्तपात रोक्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यरोलाइन लेभिटले पनि आक्रमणबारे इजरायलले अमेरिकासँग सल्लाह गरेको बताएकी छन्। 

इजरायली सेनाले युद्धविरामपछि आफ्नो क्षेत्रमा फर्केका गाजाबासीमध्ये कयौँलाई ठाउँ खाली गर्न आदेश दिएको छ। 

इजरायलमा बन्धकहरुका परिवारले जेरुसलेममा प्रदर्शन गर्ने भएका छन्।

अझै ५९ बन्धक हमासको कब्जामा रहेको र तीमध्ये २४ जना जीवित रहेको अनुमान छ। 

युद्धविरामको सम्झौताअनुसार पहिलो चरणमा बन्धक छाडेसँगै इजरायली सेना पछि हट्नुपर्ने थियो। तर, इजरायलले गाजाबाट सेना हटाउन नमानेपछि हमासले बाँकी बन्धक छाड्न मानेको छैन। 

अन्तर्राष्ट्रिय समुदायले युद्धविराम भंग गरेर पुरानै स्थितिमा नफर्किन आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad