ग्लोबल


१५ वर्षीय किशोरसँगको सम्बन्ध स्वीकार गर्दै आइसल्यान्डकी मन्त्रीले दिइन् राजीनामा

१५ वर्षीय किशोरसँगको सम्बन्ध स्वीकार गर्दै आइसल्यान्डकी मन्त्रीले दिइन् राजीनामा

आइसल्यान्डकी बाल विकासमन्त्री आस्थिल्डुर लोआ थोर्सडोटिर


नेपालखबर
चैत ९, २०८१ शनिबार ५:५०, काठमाडौँ

आइसल्यान्डकी बाल विकासमन्त्रीले ३० वर्षअघि एक किशोरसँग सम्बन्ध रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएकी छन्।

मन्त्री आस्थिल्डुर लोआ थोर्सडोटिरले मिडिया अन्तर्वार्तामा आफू २२ वर्षको हुँदा १५ वर्षको किशोरसँग सम्बन्ध भएको स्वीकार गरेकी हुन्।

उनका अनुसार उनी त्यतिबेला एउटा धार्मिक समूहमा सल्लाहकारका रूपमा काम गर्थिन्, जहाँ ती किशोर आउने गर्थे।

यस क्रममा उनीसँग आफ्नो शारीरिक सम्बन्ध भएको र यस क्रममा आफू २३ र किशोर १६ वर्षको हुँदा बच्चासमेत जन्मिएको उनले बताएकी छन्। 

‘यो ३६ वर्ष पुरानो कुरा हो, यसबीच धेरै परिवर्तन भइसकेका छन्’, आस्थिल्डुरले मिडियासँग भनेकी छन्, ‘यदि यो अवस्था आज भएको भए म यसलाई पूर्ण रूपमा फरक तरिकाले सम्हाल्थेँ।’

आइसल्यान्डकी प्रधानमन्त्री क्रिस्ट्रुना मोल फ्रोस्टाडोटिरले मिडियासँग यो धेरै गम्भीर विषय भएको बताइन्। तर यस विषयमा सर्वसाधारण जति जानकारी छ, आफूलाई पनि त्यति मात्र भएको दाबी गरिन्।

उनले भनिन्, ‘यो एकदमै व्यक्तिगत मामिला हो र सम्बन्धित व्यक्तिको सम्मान गर्दै म यसमा टिप्पणी गर्दिनँ।’

आइसल्यान्डको भिसिर अखबारका अनुसार, "आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्ट्रुनाले बिहीबार राति समाचारको पुष्टि भएको बताइन्।"

यसपछि उनले तुरुन्तै बाल विकास मामिला मन्त्रीलाई आफ्नो कार्यालयमा बोलाइन् र यसपछि मन्त्रीले राजीना दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad