शुक्रबार एक दिनका लागि बन्द भएपछि लन्डनको हिथ्रो विमानस्थलमा अब विमान अवतरण र उडान सुरु भएका छन्।
शुक्रबार हिथ्रो विमानस्थलनजिकै रहेको एक विद्युतीय सबस्टेसनमा आगलागी हुँदा विमानस्थलमा विद्युत् बिजुली आपूर्ति बन्द गर्नुपरेको थियो। जसका कारण २४ घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो।
हिथ्रो विमानस्थलले युरोपेली विमानस्थलमा यात्रा गर्ने मानिसहरूलाई प्राथमिकता दिइरहेको बताएको छ र आफ्ना एयरलाइन्सले जान नभनेसम्म विमानस्थलमा नजान सल्लाह दिएको छ।
हिथ्रोका प्रमुख कार्यकारी थोमस वोल्डबीले असुविधाका लागि यात्रुहरूसँग माफी माग्दै र घटनालाई विमानस्थलको सबैभन्दा ठूलो त्रासदी मानेका छन्।
आतंकवादविरोधी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। यो षड्यन्त्र हो कि होइन भनेर पत्ता लगाउने प्रयास भइरहेको छ।
तर, अहिलेसम्म प्रहरीले अनुसन्धानमा त्यस्तो कुनै संकेत फेला नपारेको बीबीसीले जनाएको छ।
Shares

प्रतिक्रिया