ग्लोबल


गाजामा १५ मेडिकल स्टाफ मारिएकामा इजरायलद्वारा गल्ती स्वीकार

गाजामा १५ मेडिकल स्टाफ मारिएकामा इजरायलद्वारा गल्ती स्वीकार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
चैत २४, २०८१ आइतबार ११:२४, काठमाडौँ

इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्‌कालीन मेडिकल कर्मचारी मारिएकामा गल्ती स्वीकार गरेको छ।

त्यस दिन प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको कार र गाजा सिभिल डिफेन्स फायर ट्रकमा रफाहनजिकै गोली हानिएको थियो। 

त्यतिबेला इजरायलले उनीहरू हेडलाइट वा फ्ल्यास बत्तीबिनै अन्धकारमा 'शंकास्पद रूपमा' हिँडिरहेको देखेपछि आफ्ना सेनाले आक्रमण गरेको दाबी गरेको थियो। 

तर मारिनुअघि एकजना मेडिकल स्टाफले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए। जसमा गाडीहरूको बत्ती बालेको देखाइएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले तीमध्ये कम्तीमा ६ जना मेडिकल स्टाफ हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ तर अहिलेसम्म कुनै प्रमाण दिएको छैन।

इजरायलले आफ्ना सैनिकले गोली चलाउँदा उनीहरू नि:शस्त्र रहेको स्वीकार गरेको छ।

शनिबार साँझ पत्रकारहरूलाई ब्रिफिङ गर्दै एक आईडीएफ अधिकारीले सैनिकहरूले पहिले कारमा गोली हानेको र त्यसमा तीन जना  हमास सदस्य रहेको दाबी गरे। 

जब एम्बुलेन्सहरू उनीहरूलाई मद्दत गर्न आइपुगे, हवाई अनुगमनकर्ताहरूले स्थलगत सेनाहरूलाई उनीहरूको टोली ‘संदिग्ध रूपमा हिँडिरहेको’ सूचना दिए। 

ती आईडीएफ अधिकारीका अनुसार जब एम्बुलेन्स हमासको कारनजिकै रोकियो तब इजरायली सिपाहीहरूले आफू खतरामा सोची गोली चलाए। जहाँ आपत्‌कालीन टोलीका कुनै सदस्यसँग हतियार रहेको प्रमाण थिएन।

इजरायलले यसअघि दिएको जानकारी गलत भएको स्वीकार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad