ग्लोबल


बनारसमा एक युवतीलाई बलात्कार गरेको आरोपमा २३ जनाविरुद्ध जाहेरी

बनारसमा एक युवतीलाई बलात्कार गरेको आरोपमा २३ जनाविरुद्ध जाहेरी

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:१४, काठमाडौँ

भारतको उत्तर प्रदेशस्थित बनारसमा एक युवतीलाई बलात्कार गरेको आरोपमा २३ जनाविरुद्ध जाहेरी दिइएको छ।

बीबीसी हिन्दीका अनुसार तीमध्ये अहिलेसम्म ६ जना मात्र पक्राउ परेका छन्।

दर्ता एफआईआर (जाहेरी) का अनुसार युवती मार्च २९ देखि अप्रिल ४ सम्म विभिन्न ठाउँमा बलात्कारमा परेकी थिइन्।

एफआईआरमा १२ जना अभियुक्तको नाम छ भने ११ जना अपरिचित छन्।

वरुणा जोनका डीसीपी चन्द्रकान्त मिणाले भने, ‘युवती मार्च २९ तारिख साथीकहाँ जान्छु भनेर हिँडेकी थिइन्। अप्रिल ४ तारिख परिवारले छोरी हराएको उजुरी दिएका थिए।’

उनका अनुसार ‘तर प्रहरीले सोही दिन युवती फेला पारे तर त्यस दिन उनको परिवारले सामूहिक बलात्कारको जाहेरी दिएनन्। उनीहरूले अप्रिल ६ तारिखका दिन मात्र सामूहिक बलात्कारको जाहेरी दिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad