ग्लोबल


अमेरिकालाई चेतावनी: ‘चीन चुप बस्दैन’

अमेरिकालाई चेतावनी: ‘चीन चुप बस्दैन’

नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:२९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीन पनि आक्रामक बन्दै गएको छ। एक अधिकारीले चीन 'चुप नबस्ने' चेतावनी दिएका छन्। 

अमेरिकाले चिनियाँ सामानको भन्सार महसुल बढाउँदै बढाउँदै १०४ प्रतिशत पुर्‍याएपछि बुधबार चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुको कर ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याएको थियो। 

यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध आयात शुल्क १०४ प्रतिशतबाट पनि बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्।

यसैबीच चीनको प्रतिक्रिया आएको हो। 

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘आफ्ना जनताको अधिकार र हितमा ठेस पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लाग्दैन।’

चीनको एक सरकारी अखबारले सम्पादकीयमा लेखेको छ, ‘वैश्विक एकताले व्यापार तानाशाहीमाथि विजय प्राप्त गर्न सक्छ।’

त्यसमा जापान, दक्षिण कोरिया र अन्य एसियाली अर्थव्यवस्थासँग बेइजिङको सहयोगको उल्लेख गरिएको छ।

यसैबीच चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोभिक र मलेसियाका व्यापारमन्त्री जाफ्रुल अजिजसँग वार्ता गरेको बीबीसीले जनाएको छ। 

अमेरिकासँग व्यापार युद्ध चर्किंदै गर्दा चीनले आफ्ना नागरिकलाई अमेरिका यात्राबारे चेतावनीसमेत जारी गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad