अमेरिका र चीनबीच जारी व्यापार युद्ध रोकिने छाँट देखिएको छैन।
एकअर्काविरुद्ध भन्सार शुल्क बढाइरहेका दुई देशबीच वाकयुद्ध पनि चलिरहेको छ।
यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयात शुल्क १२५ प्रतिशत पुर्याएपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ‘पछि नहट्ने’ चेतावनी दिएकी छन्।
उनले सामाजिक सञ्जालमा कोरियाली युद्धका बेलाको चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओ त्सेतुङको पुरानो भिडिओ पनि पोस्ट गरेकी छन्।
भिडिओमा माओले अमेरिकालाई ‘यो युद्ध जतिसुकै लामो होस्, हामी कहिल्यै झुक्ने छैनौँ’ भनिरहेका छन्।
भिडिओ सेयर गर्दै माओ निङले लेखेकी छन्, ‘हामी चिनियाँ हौँ। हामी उक्साहटबाट डराउँदैनौँ। हामी पछि हट्ने छैनौँ।’
हेर्नुहोस् माओको पुरानो भिडिओ:
We are Chinese. We are not afraid of provocations. We don’t back down. 🇨🇳 pic.twitter.com/vPgifasYmI
— Mao Ning 毛宁 (@SpoxCHN_MaoNing) April 10, 2025
Shares

प्रतिक्रिया