ग्लोबल


पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०८१ शनिबार १५:३३, काठमाडौँ

शनिबार दिउँसो पाकिस्तानमा भूकम्प गएको छ। 

पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिउँसो १२:३१ बजेतिर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो।

भूकम्पको धक्का पञ्जाबको अटोक, चकवाल, मियाँवाली जिल्ला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पको धक्का खैबर पख्तुनख्वा प्रान्तको पेसावर, मरदान, मोहमन्द र शबकदरमा पनि महसुस गरिएको थियो।

पाकिस्तानमा भूकम्प बारम्बार आउँछन्। सबैभन्दा घातक भूकम्प २००५ मा आएको थियो, जसमा ७४,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

तर आजको भूकम्पले कुनै पनि क्षति भएका समाचार आइसकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad