ग्लोबल


बम हान्ने धम्की आएपछि अयोध्याको राम मन्दिरमा बढाइयो सुरक्षा

बम हान्ने धम्की आएपछि अयोध्याको राम मन्दिरमा बढाइयो सुरक्षा

अयोध्यास्थित राम मन्दिर।


नेपालखबर
बैशाख २, २०८२ मंगलबार २१:२४, काठमाडौँ

भारतको अयोध्यास्थित राम मन्दिरमा बम हान्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। 

बीबीसी हिन्दीका अनुसार सोमबार मध्यराति इमेलमार्फत त्यस्तो धम्की आएको हो।

‘राम जन्भूमि ट्रस्ट’का अकाउन्ट अफिसर महेश कुमारले यस विषयमा मंगलबार प्रहरी साइबर सेलमा उजुरी दिइएको बताएका छन्। 

बम हान्ने धम्कीपछि राम मन्दिर परिसर र वरपरका क्षेत्रहरूमा सुरक्षा गस्ती बढाइएको छ। इलेक्ट्रोनिक निगरानी प्रणाली सक्रिय पारिएको छ र प्रहरीले मन्दिरनजिकै विस्तृत खोजी अभियान सुरु गरेको छ।

जानकारीअनुसार, शंकास्पद इमेल तमिलनाडुबाट पठाइएको हो। इमेल पठाउने व्यक्ति पत्ता लगाउन तमिलनाडु साइबर सेललाई जानकारी गराइएको छ।

राम मन्दिरको उद्घाटन भएदेखि नै धम्कीहरू आइरहेका छन्। धम्की दिनेमा सिख पृथकतावादी गुरपतवन्त सिंह पन्नु पनि छन्। 

अयोध्या प्रहरी-प्रशासनले स्थानीयलाई अफवाहमा ध्यान नदिन र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै रिपोर्ट गर्न अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad