ग्लोबल


इरान र अमेरिका अर्को चरण वार्ता गर्न सहमत: ओमान

इरान र अमेरिका अर्को चरण वार्ता गर्न सहमत: ओमान

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ५:५९, काठमाडौँ

इरान र अमेरिका आणविक सम्झौताबारे अर्को चरण वार्ता गर्न सहमत भएका छन्। 

बीबीसीका अनुसार यो जानकारी ओमानको विदेश मन्त्रालयका प्रवक्ताले दिएका हुन्।

शनिबार रोममा ओमानका विदेशमन्त्री हम्माद अल-बुसैदीको मध्यस्थतामा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो।

ओमानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ वार्तालाई अर्को चरणमा लैजान सहमत भएका छन्।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले दोस्रो चरणको वार्ता ‘रचनात्मक र प्रगतिशील’ भएको बताएका छन्।

यसअघि चैत ३० गते शनिबार आणविक मुद्दामा अमेरिका र इरानबीच पहिलो चरण अप्रत्यक्ष वार्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad