ग्लोबल


जोर्डन सरकारले ‘मुस्लिम ब्रदरहुड’लाई लगायो प्रतिबन्ध

जोर्डन सरकारले ‘मुस्लिम ब्रदरहुड’लाई लगायो प्रतिबन्ध

प्रहरीले बुधबार मुस्लिम ब्रदरहुडको राजनीतिक शाखा इस्लामिक एक्सन फ्रन्टको कार्यालयमा छापा मारेको छ।


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ९:३९, काठमाडौँ

जोर्डन सरकारले इजिप्टको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो इस्लामिक संगठन 'मुस्लिम ब्रदरहुड'लाई प्रतिबन्ध लगाएको छ।

रकेट र ड्रोन आक्रमणको योजना बनाएको आशंकामा इस्लामिक समूहका केही सदस्य पक्राउ गरेको बताएको जोर्डनले एक हप्तापछि यो कदम चालेको हो। 

बीबीसीका अनुसार जोर्डनका गृहमन्त्री माजिन अल-फरायाले एक सम्मेलनमा भनेका छन्, ब्रदरहुडका सबै कार्यालय बन्द गरिनेछ र यसको सम्पत्ति जफत गरिनेछ। साथै यसका जुनसुकै गतिविधि गैरकानुनी मानिनेछ।

जोर्डनको यो कदमपछि ब्रदरहुडबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यद्यपि, ब्रदरहुडले कथित आक्रमण षड्यन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको छ। 

यो प्रतिबन्धले उक्त समूहको राजनीतिक शाखा इस्लामिक एक्सन फ्रन्टमा कस्तो प्रभाव पार्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन।

एक्सन फ्रन्ट जोर्डनको संसद्‌मा सबैभन्दा ठूलो विपक्षी समूह हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad