ग्लोबल


गाजामा इजरायलको आक्रमण, एकै परिवारका ६ सहित ५० जनाको मृत्यु

गाजामा इजरायलको आक्रमण, एकै परिवारका ६ सहित ५० जनाको मृत्यु

आफन्त मारिएपछि रुवाबासी गर्दै प्यालेस्टिनी महिला।


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ७:५८, काठमाडौँ

बिहीबार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ।

यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन्।

उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा क्षेप्यास्त्र प्रहार हुँदा ९ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ।

इजरायल रक्षा बल (आईडीएफ) ले जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमान्ड-एन्ड-कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ।

इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको दाबी गरेको छ।

पछि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक पारिवारिक घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ।

यद्यपि आईडीएफले रिपोर्टहरूबारे अनुसन्धान गरिरहेको बताएको छ।

यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ। नागरिक सुरक्षाका अनुसार मृतकमा एकै परिवारका ६ जना पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad