भारतीय राज्य गोवाको शिरगाउँस्थित श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार शुक्रबार राति श्री लैराइ जात्राका क्रममा भागदौड मच्चिएको हो।
घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटना शिरगाउँ गाउँको श्री लैराई देवी मन्दिरमा उत्सवको समयमा बिहान सबेरै भएको थियो।
उनले मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेको बताए।
अधिकारीले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताए।
135
Shares

प्रतिक्रिया