ग्लोबल


भारतीय सेनाले भन्यो: युद्धविराम उल्लंघन भए प्रतिकार गर्न कमान्डरहरूलाई पूर्ण अधिकार

भारतीय सेनाले भन्यो: युद्धविराम उल्लंघन भए प्रतिकार गर्न कमान्डरहरूलाई पूर्ण अधिकार

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १९:३३, काठमाडौँ

पाकिस्तानसँग शनिबार युद्धविराम सम्झौता गरेको भारतको सेनाले यो उल्लंघनको अवस्थामा प्रतिकार गर्न सेनाका कमान्डरहरूलाई पूरा अधिकार दिइएको बताएको छ। 

भारतीय सेनाका प्रवक्ता (एडीजी पीआई) ले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त जानकारी दिएको हो। 

‘१०-११ मे २०२५ को रातमा युद्धविराम र हवाई क्षेत्र उल्लंघनपछि सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पश्चिमी सिमानामा तैनाथ सेना कमान्डरहरूसँग सुरक्षा अवस्थाको समीक्षा गरे’, भारतीय सेनाका प्रवक्ताले एक्समा  लेखेका छन्, ‘सेना प्रमुखले १० मे २०२५ को डीजीएमओ वार्तामार्फत भएको सहमतिको कुनै पनि उल्लंघनको बदला लिने पूर्ण अधिकार सेना कमान्डरहरूलाई दिएका छन्।’

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले शनिबार राति अबेर पत्रकार सम्मेलनमा भनेका थिए, "हामीले गरेको सम्झौताको निरन्तर उल्लंघन भइरहेको छ।"

आजै भारतीय वायु सेनाले पनि अपरेसन सिन्दूर जारी रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad