ad ad

ग्लोबल


कालेबुङमा ३ वर्षीय बालिकासहित एकै परिवारका नौ जनामा कोरोना संक्रमण

कालेबुङमा ३ वर्षीय बालिकासहित एकै परिवारका नौ जनामा कोरोना संक्रमण

शैलेन्द्र समदर्शी
चैत २१, २०७६ शुक्रबार ९:२२,

दार्जिलिङको कालेबुङ जिल्लामा कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारका ३ वर्षीय बालिकासहित थप ६ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएर सोमबार बिहान मृत्यु भएकी ती महिलाको सिलगढी निवासी संयुक्त परिवारका चार जनामा यसअघि नै संक्रमण पुष्टि भैसकेको थियो। थप ६ जनासहित त्यो परिवारका १० जनामा संक्रमण भएको हो, जसमध्ये एक जना घरमा काम गर्ने महिला हुन्।

कालेबुङस्थित दिशा सेन्टरको क्वारेन्टिनमा रहेका ६ जना नयाँ संक्रमितहरूलाई शुक्रबार उपचारका लागि सिलगढीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल लगिएको छ। सोही अस्पतालमा केही दिनअघि ती महिलाको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट मृत्यु हुने उनी दार्जिलिङको पहिलो व्यक्ति हुन्।

अहिलेसम्म ती महिलाका परिवारका ९ सदस्य र घरमा काम गर्ने एक महिला गरी १० जना कोरोना संक्रमण भेटिएको हो। दार्जिलिङमा यो परिवारबाहेक अन्य कोरोना संक्रमित भेटिएका छैनन्।

अस्पतालका अनुसार चारैजनाको रिपोर्ट बुधवार अपराह्न पोजिटिभ आएको थियो।

मार्च १९ मा दक्षिण भारतको चेन्नइबाट आफ्नो फर्केकी ती महिला त्यसदिन सिलगढ़ीकै परिवारसँग बसेकी थिइन्। त्यसपछि भोलिपल्ट उनी कालेबुङ फर्केकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .