अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।
मंगलबार रियादमा साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।
सिरियाका विदेशमन्त्री असद हसन अल-शैबानीले ट्रम्पको निर्णयलाई देशको पुनर्निर्माणको बाटोमा नयाँ सुरुवात भनेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'साउदी अरेबियाको नेतृत्वमा हाम्रा दाजुभाइहरूको अडानका लागि धन्यवाद! हामी सिरियाली जनताका लागि योग्य भविष्यतर्फ एउटा नयाँ पन्ना पल्टाउँदै छौँ।'
ट्रम्पको यो घोषणापछि सिरियाली राजधानी दमास्कसमा उत्सवको माहोल छ।
बसर अल-असदले लगभग २५ वर्षसम्म सिरियामा कडाइका साथ शासन गरे र पश्चिमीसहित धेरै देशले यसको निन्दा गरेका छन्।
तर गत वर्ष नोभेम्बरमा हयात तहरिर अल-शाम वा एचटीएसको नेतृत्वमा विद्रोहीहरूले असद सरकारलाई अपदस्थ गरे।
बसर अल-असदलाई सत्ताबाट हटाइएपछि एचटीएस प्रमुख अहमद अल-शारा उर्फ अबु मोहम्मद अल-जुलानीले देशको जिम्मेवारी सम्हालिरहेका छन्।
Shares

प्रतिक्रिया