अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।
अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले आँधीका कारण १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा ७ जनाको मृत्यु भएको छ। जसमा सेन्ट लुइस सहरका पाँच जना पनि छन्।
शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा आँधी आएको हो।
अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।
मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले ५ हजारभन्दा बढी भवनमा क्षति पुर्याएको बताएका छन्। घरका छाना उडेका छन् र विद्युत् आपूर्ति बन्द भएको छ।
सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरमा असर परेको छ।
आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका घरघरमा गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ।
609
Shares

प्रतिक्रिया