ग्लोबल


जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते, महिला गिरफ्तार

जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते, महिला गिरफ्तार

घटनास्थल


नेपालखबर
जेठ १०, २०८२ शनिबार ७:४६, काठमाडौँ

उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेसनमा शुक्रबार चक्कु आक्रमण हुँदा १७ जना घाइते भएका छन्। 

आक्रमणमा संलग्न आरोपमा ह्याम्बर्ग प्रहरीले घटनास्थलबाट ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ। 

स्थानीय समयअनुसार चक्कु हमला साँझ ६ बजेतिर भएको हो।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार घाइते १७ जनामध्ये केहीको अवस्था गम्भीर छ।

प्रहरीले पक्राउ गरिएका व्यक्तिले एक्लै यो आक्रमणमा संलग्न रहेको र यसमा कुनै ‘राजनीतिक उद्देश्य’ नभएको बताएको छ।

बरु ती महिला मानसिक रूपमा विचलित भएको हुन सक्ने अनुमान प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad