ग्लोबल


बाढीले तहसनहस आसाम, १५०० गाउँ डुबानमा

बाढीले तहसनहस आसाम, १५०० गाउँ डुबानमा

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:२८, काठमाडौँ

भारतीय राज्य आसाम बाढीले तहसनहस भएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार आसाममा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप ६ जनाको मृत्यु भएको छ। योसमेत पछिल्ला ५ दिनमा राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले राज्यका २१ जिल्लाका १ हजार ५ सय ६ गाउँमा बाढीको पानी पसेको बताएको छ। 

मंगलबार साँझ बाढीको अवस्थाबारे विपद् विभागले जारी गरेको प्रतिवेदनअनुसार बाढी-पहिरोबाट ६ लाख ३३ हजारभन्दा बढी मानिस पीडित भइसकेका छन्।

यसैबीच बाढीमा सबैथोक गुमाएका करिब ४० हजार विस्थापितलाई राज्यका विभिन्न भागमा खोलिएका ५ सय ११ राहत शिविरमा राखिएको छ।

श्रीभूमि जिल्ला (पहिले करिमगन्ज) मा मात्र ९४ हजारभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad