बोइङको ७८७ मोडलको विमान पहिलोपटक यति ठूलो दुर्घटनामा परेको छ।
यो मोडल १४ वर्षअघि उडाउन सुरु गरिएको थियो। ६ हप्ताअघि मात्रै बोइङले यो मोडलको प्रशंसा गरेको थियो।
विश्वभर अहिले १ हजार १७५ भन्दा बढी बोइङ ७८७ उडान भर्छन्। जसले ५० लाखभन्दा बढी उडान गरिसकेका छन्।
एयर इन्डियाको यो दुर्घटना बोइङका लागि ठूलो धक्का हो। किनभने यसको ७३७ मोडल विश्वभरि दुर्घटनामा परेर कम्पनी समस्यामा छ।
विमानको सुरक्षामा सम्झौता गरेको भन्दै बोइङको आलोचना हुँदै आएको छ। जसका कारण गतवर्ष बोइङले सीईओ समेत फेरेको थियो। एजेन्सी
4.9k
Shares

प्रतिक्रिया