ग्लोबल


इरान र इजरायललाई संयुक्त राष्ट्रसंघको अपिल: हानाहान धेरै भो, अब रोकौँ

इरान र इजरायललाई संयुक्त राष्ट्रसंघको अपिल: हानाहान धेरै भो, अब रोकौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस


नेपालखबर
जेठ ३१, २०८२ शनिबार ८:९, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई 'तनाव रोक्न र शान्तिको बाटो अपनाउन' अपिल गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार। अब धेरै भयो। अब यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाऊँ।’

यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग उक्त विषयमा कुरा गरेकी छन्।

उनले एक्समा लेखेकी छन्, ‘म दोहोर्‍याउँछु- इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ। यसका साथै क्षेत्रीय स्थिरता कायम राख्नु पनि धेरै महत्त्वपूर्ण छ।’

उर्सुला भोन डेर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेकी छन्।

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलामा इजरायलमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।

त्यसयता दुई देशबीच एकअर्काविरुद्ध आक्रमण जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad