इरानको सरकारी टीभीले नागरिकलाई आफ्नै सरकारविरुद्ध उत्रिन आह्वान गरेको क्लिप शत्रुको षड्यन्त्र भनी स्पष्टीकरण दिएको छ।
जुन भिडिओ क्लिपमा इरानी सरकारलाई आफ्ना जनताका अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै मानिसहरूलाई ‘आफ्नो भविष्यका लागि कदम चाल्न’ आग्रह गरिएको छ।
यसको खण्डन गर्दै इरानको सरकारी टीभीले भनेको छ, ‘यदि तपाईंले टीभी हेर्दा असान्दर्भिक सन्देश देख्नुभयो भने त्यो शत्रुले उपग्रह सिग्नल जाम गरेका कारणले हो।’
हालसम्म त्यो भिडिओको स्रोत र ह्याकबारे थाहा हुन सकेको छैन।
भिडिओ क्लिपको माथिल्लो दायाँ कुनामा सिंहको प्रतीक देखिन्छ, जसमा जुन १३ मा इरान विरुद्ध इजरायलको ‘अपरेसन राइजिङ लायन’ आक्रमणमा मारिएका वरिष्ठ इरानी कमान्डरहरूको तस्बिर पनि देखाइएको छ।
भिडिओमा इरानमा २०२२ मा प्रहरीको हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनका दृश्य पनि छन्।
Shares

प्रतिक्रिया