ग्लोबल


इरानी नागरिकलाई सर्वोच्च नेता खामेनीको अपिल: शत्रुसँग डराएजस्तो व्यवहार नगर्नुहोस्

इरानी नागरिकलाई सर्वोच्च नेता खामेनीको अपिल: शत्रुसँग डराएजस्तो व्यवहार नगर्नुहोस्

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी


नेपालखबर
असार ५, २०८२ बिहिबार १९:५९, काठमाडौँ

इजरायलविरुद्ध जारी युद्धमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आफ्ना नागरिकलाई शत्रुसँग नडराउन अपिल गरेका छन्। 

खामेनीले सामाजिक सञ्जाल एक्सको पोस्टमार्फत इरानी जनतालाई सम्बोधन गर्दै अहिलेसम्म जुन खालको व्यवहार देखाइएको छ, यसलाई जारी राख्न आग्रह गरेका हुन्। 

‘यदि शत्रुले तपाईं डराएको महसुस गर्‍यो भने उसले तपाईंलाई छाड्ने छैन’, अयातोल्लाह अली खामेनीले लेखेका छन्, ‘आजसम्म तपाईंले जुन खालको व्यवहार देखाइरहनुभएको छ, त्यसलाई बलियोसँग जारी राख्नुहोस्।’

इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले बीबीसीसँग इरान अमेरिकासँगको आणविक वार्तामा "सम्झौताको संघारमा’ पुगेको बताएका थिए।

यसअघि इजरायलले ‘सम्पूर्ण प्रक्रिया असफल पार्न’ इरानविरुद्ध आक्रमण सुरु गरेको थियो।

इरानले गत आइतबार अमेरिकासँगको वार्ता रद्द गरेको थियो र इजरायली आक्रमणको जवाफ दिनुपर्ने बताएको थियो।

सुरुमा जुन १३ मा इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ। यसबीच दुवैतर्फ धेरै जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad