बुधबार बेल्जियमको ब्रसेल्समा नेटो देशका विदेशमन्त्रीहरूले युक्रेनबारे छलफल गरेका छन्।
बीबीसीका अनुसार बैठकपछि नेटो महासचिव मार्क रुटले पत्रकार सम्मेलन गरे।
उनले साइबर आक्रमण र हवाई क्षेत्र उल्लंघनमा रुसको लापरबाही बढ्दो रहेको भन्दै आलोचना गरे।
मार्क रुटले नेटो सहयोगीहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा खर्चमा लगानी गर्नुपर्ने बताए।
मार्क रुटले रुससँग अमेरिकी वार्ताको प्रशंसा गर्दै भने, ‘विश्वमा गतिरोध तोड्न सक्ने एक मात्र व्यक्ति छन्-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।’
उनले नेटो सदस्य राष्ट्रहरूको दुईतिहाइले युक्रेनका लागि हतियार आपूर्ति योजनामा हस्ताक्षर गरेका छन्।
162
Shares

प्रतिक्रिया