अमेरिकाको गृह सुरक्षा विभागका अनुसार हालै भेनेजुएलाबाट तेल बोकेको जहाज कब्जा गरिएको बताएको छ।
यो महिना अमेरिकाले भेनेजुएलाको तटबाट तेल बोकेको जहाज कब्जा गरेको यो दोस्रोपटक हो।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएला आउने-जाने सबै प्रतिबन्धित तेल ट्यांकरलाई नाकाबन्दी गर्न आदेश दिएका थिए।
भेनेजुएलाले उक्त निर्णयको निन्दा गर्दै अमेरिकाले ‘डकैती र अपहरण’ गरेको टिप्पणी गरेको थियो।
भेनेजुएलाको सरकारले विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सुरक्षा परिषद् र ‘विश्वभरका अन्य बहुपक्षीय एजेन्सी र सरकार’समक्ष उजुरी गर्ने योजना बनाएको बताएको छ।
111
Shares

प्रतिक्रिया