अमेरिकी अधिकारीहरूले यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग सम्बन्धित हुन सक्ने दश लाखभन्दा बढी कागजात फेला परेको बताएका छन्।
उनीहरूका अनुसार, आगामी दिनमा ती कागजात जारी गर्ने योजना छ।
अमेरिकी अनुसन्धान एजेन्सी संघीय अनुसन्धान ब्युरो र न्युयोर्कका संघीय अभियोजकहरूले न्याय विभागलाई ती फाइलबारे जानकारी गराएका छन्।
न्याय विभागले बुधबार भनेको छ, ‘हाम्रा वकिलहरूले पीडितहरूलाई सुरक्षा दिन कानुनी रूपमा आवश्यक परिवर्तन र समीक्षा गर्न चौबीसै घण्टा काम गरिरहेका छन् र हामी सकेसम्म चाँडो दस्तावेज जारी गर्नेछौँ।’
बीबीसीका अनुसार न्याय विभागले सबै फाइल जारी गर्न केही हप्ता लाग्न सक्ने बताएको छ।
उक्त काण्डमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि संलग्न रहेको आरोप लागेको छ।
135
Shares

प्रतिक्रिया