अमेरिकाले बुधबार कब्जामा लिएको रुसी जहाज मारिनेरामा तीन भारतीय नागरिक पनि रहेको खुलेको छ।
यो जानकारी रुसी समाचार एजेन्सी रसिया टुडेले स्रोतलाई उद्धृत गर्दै दिएको हो।
रिपोर्टअनुसार मारिनेरामा जम्मा २८ जना सवार थिए। जसमा १७ युक्रेनी, ६ जर्जियाली, ३ भारतीय र २ रुसी नागरिक थिए।
अमेरिकाले जहाजले भेनेजुएलाबाट तेल बोकेको र अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाएको छ।
यो जहाज कब्जा गरेपछि रुसी सांसद एलेक्सी झुराभल्योभले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गरेर अमेरिकी तटरक्षक जहाज डुबाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
रुसले अमेरिकी कदमको कडा विरोध गरेको छ। रुसको यातायात मन्त्रालयले अमेरिकी सेनाले खुला पानीमा जहाजलाई रोकेको आरोप लगाउँदै त्यहाँ कुनै पनि देशको क्षेत्राधिकार नरहेको दाबी गरेको छ।
रुसले भनेको छ- यसले अन्तर्राष्ट्रिय सामुद्रिक कानुन उल्लंघन गरेको छ।
रुसको विदेश मन्त्रालयले अमेरिकालाई जहाज रुसी हो र नागरिक उद्देश्यका लागि प्रयोग भइरहेको भनेर पहिले नै जानकारी गराइएको पनि बताएको छ।
रुसले जहाजमा रहेका रुसी नागरिकहरूलाई निष्पक्ष व्यवहार गर्न र सुरक्षित रूपमा घर फर्कने अनुमति दिन माग पनि गरेको छ।
रुसी जहाज कब्जामा लिएको भिडिओ-
BREAKING WORLD EXCLUSIVE: RT obtains FIRST footage of Russian-flagged civilian Marinera tanker being CHASED by US Coast Guard warship in the North Atlantic https://t.co/sNbqJkm5O5 pic.twitter.com/XtbBML3a6j
— RT (@RT_com) January 6, 2026
Shares

प्रतिक्रिया