ग्लोबल


इरानको विरोध प्रदर्शनमा गोली चल्यो, अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एडभाइजरी’

इरानको विरोध प्रदर्शनमा गोली चल्यो, अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एडभाइजरी’

इरानमा विरोध प्रदर्शन भएको बिहीबार बाह्रौँ दिन भइसकेको छ।


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ५:१२, काठमाडौँ

इरानमा जारी विरोध प्रदर्शनका क्रममा बिहीबार पनि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। 

जनवरी ८ अर्थात् बिहीबार केरमानसाहको गोल्हा बुलेभार्डमा प्रदर्शनकारीहरूलाई पक्राउ गर्ने सादा पोसाकका सेना खटिएका तस्बिर सामाजिक सञ्जालमा देखिएका छन्। तस्बिरमा गोली चलेको जस्तो दृश्य पनि देखिएको छ।

महँगी र बिग्रिँदो आर्थिक अवस्थाको विरोधमा इरानमा प्रदर्शन भएको बिहीबार बाह्रौँ दिन हो। तेहरानमा व्यापार हडतालबाट सुरु भएको आन्दोलन चाँडै अन्य सहरमा पनि फैलिएको थियो। 

इरानमा विरोध प्रदर्शन भएको बिहीबार बाह्रौँ दिन भइसकेको छ।

जसका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा यसअघि नै कम्तीमा ३६ जनाको ज्यान गइसकेको छ। 

बीबीसी फारसीका अनुसार बिहीबार इरानको कुर्दिस क्षेत्रका चार प्रान्तह : कुर्दिस्तान, पश्चिम अजरबैजान, केरमानसाह र इलामका ५० भन्दा बढी साना र ठुला सहरमा बजार र पसल बन्द गरिएका थिए। यसलाई इरानमा भइरहेको राष्ट्रव्यापी विरोध प्रदर्शनसँग ऐक्यबद्धताको संकेतको रूपमा हेरिएको छ।

दक्षिण-पश्चिम इरानको खुजेस्तान प्रान्तको अबदानबाट बीबीसी फारसीले प्राप्त गरेका तस्बिरमा सूर्यास्तको समयमा ठुलो संख्यामा प्रदर्शनकारी देखिएका छन्। इरानका धेरै भागमा इन्टरनेट सेवा कि अवरुद्ध कि सुस्त भएको गुनासो छ। 

यसैबीच अमेरिकाको विदेश विभागले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न भनेको छ। 

उता जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले इरानमा प्रदर्शनकारीविरुद्ध हिंसा भइरहेको भन्दै निन्दा गरेका छन्। 

उनले एक्समा लेखेका छन्, ‘इरानका जनता धेरै दिनदेखि सडकमा उत्रिरहेका छन्। उनीहरूलाई शान्तिपूर्ण रूपमा आफ्नो विचार व्यक्त गर्ने अधिकार छ। त्यसैले म शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूविरुद्ध अत्यधिक बल प्रयोगको निन्दा गर्छु।’

यस्तै बेलायती अर्बपति र उद्यमी रिचर्ड ब्रान्सनले इरानभरि फैलिएको ‘जनविरोधको लहर’प्रति विश्वव्यापी ध्यानाकर्षणका लागि अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad