ग्लोबल


दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो ५ वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो ५ वर्षको जेल सजाय

नेपालखबर
माघ २, २०८२ शुक्रबार १५:३,

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शुक्रबार ५ वर्षको जेल सजाय सुनाइएको छ। गत वर्ष उनलाई पक्राउन गर्न खोज्दा अवरोध गरेको आरोपमा उनलाई दण्डित गरिएको हो।

डिसेम्बर २०२४ मा युनले मुलुकमा सैन्य शासन लागू गर्ने असफल कोसिस गरेका थिए। त्यसपछि उनलाई पदच्युत गरेर अनुसन्धान थालिएको थियो। तर, पक्राउ पुर्जी लिएर पक्रिन जाँदा उनले राष्ट्रपतिको सुरक्षा प्रयोग गरेर अवरोध गरेका थिए।

जिल्ला अदालतका न्यायाधीशले युनले राष्ट्रपतीय सुरक्षा सेवाका जनसेवकलाई व्यवहारतः निजीकरण गरेको भन्दै सजाय सुनाए।

यो सजाय सरकारी वकिलहरूले माग गरेभन्दा आधा मात्रै हो।

उनीमाथि सैन्य शासन लागू गर्ने निर्णय गर्ने क्रममा मन्त्रिपरिषद्का ९ सदस्यलाई बैठकमा नबोलाई उनीहरूको अधिकार हनन गरेको, झुटा सूचनासहितको विज्ञप्ति जारी गरेको, सैन्य कमान्डरहरूले प्रयोग गर्ने फोनबाट रेकर्ड हटाएको आरोप पनि थियो। 

न्यायाधीशले उनलाई सबै अपराधमा दोषी ठहर गरेका छन्।

उनीमाथि देशद्रोहको मुद्दामा भने अर्को महिना मात्र सुनुवाइ हुनेछ। सरकारी वकिलहरूले उनलाई मृत्युदण्डको माग गरेका छन्। फेब्रुअरी १९ मा यसको सजाय सुनाइनेछ। 

सैन्य शासन लगाउने प्रयास, उनकी पत्नीको भ्रष्टाचार र एक नौसेनाको मृत्युसमेत गरी उनीमाथि ८ वटा मुद्दामा सुनुवाइ हुँदैछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad