इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरिएको बताएको छ।
इजरायली सेनाले आफ्नो फारसी सामाजिक सञ्जालमा तेहरानमा ‘आतंकवादी पूर्वाधारलाई निसाना बनाइएको’ दाबी गरेको छ। तर यसको कुनै प्रमाण दिएको छैन।
यसअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा १३० भन्दा बढी स्थानमा आक्रमण गरिएको बताएको छ।
साथै इजरायली सेनाले भनेको छ, ‘आक्रमण बिनारोकावट जारी छ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले इजरायलमा हवाई हमला गरेपछि दुई पक्षबिच लडाइँ परिरहेको छ।
हेर्नुहोस् लेबननका ४ तस्बिर




81
Shares

प्रतिक्रिया