ग्लोबल


ट्रम्पको अल्टिमेटमपछि इरानले भन्यो: जवाफ दिइनेछ, युद्ध अब नयाँ चरणमा पुग्यो

ट्रम्पको अल्टिमेटमपछि इरानले भन्यो: जवाफ दिइनेछ, युद्ध अब नयाँ चरणमा पुग्यो

नेपालखबर
चैत ८, २०८२ आइतबार ९:४३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठुलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको जवाफ दिइने चेतावनी दिएको छ। 

इरानको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘यदि इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा आक्रमण गरिए देशको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउनेछ।’

इरानले अगाडि भनेको छ, ‘युद्ध अब नयाँ चरणमा पुगेको छ।’

यसअघि ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्नेछ र आक्रमण सबैभन्दा ठुलो प्लान्टबाट सुरु गर्नेछ।’

इरानले शनिबार साँझ इजरायलमा गरेको आक्रमणमा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। यो हमला युद्ध सुरु भएयताकै घातक भएको बीबीसीले उल्लेख गरेको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु स्वयंले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।

यसअघि शनिबार यूएईसहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरी स्ट्रेट अफ होर्मुज सुरक्षाका लागि योगदान गर्न तयार रहेको घोषणा गरेका थिए। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।

जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad