अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आणविक हतियार प्रयोग नगरिने दाबी गरेका छन्।
यस विषयमा प्रश्न गर्नु नै ‘मूर्खता’ भएको टिप्पणी उनले गरेका छन्।
ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा एक संवाददाताले ट्रम्पलाई सोधे, ‘तपाईं इरानविरुद्ध आणविक हतियार प्रयोग गर्नुहुन्छ?’
ट्रम्पले जवाफ दिए, ‘अहँ! किन यस्तो मूर्खतापूर्ण प्रश्न गर्नुहुन्छ?’
उनले थपे, ‘हामीले पहिले नै आणविक हतियारबिना इरानलाई पूर्ण रूपमा ध्वस्त पारिसकेका छौँ भने म किन आणविक हतियार प्रयोग गरूँ?’
साथै ट्रम्पले ‘कसैलाई पनि कहिल्यै आणविक हतियार प्रयोग गर्न अनुमति दिनु हुँदैन’ भने।
288
Shares

प्रतिक्रिया