अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटबाट जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समुद्री अभियान सुरु गर्ने घोषणा गरेका छन्।
यो अभियानलाई 'प्रोजेक्ट फ्रिडम' नाम दिइएको छ।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, 'धेरै देशले संयुक्त राज्य अमेरिकाबाट सहयोगको लागि अनुरोध गरेका छन्, किनकि उनीहरूका जहाज त्यहाँ फसेका छन्।'
ट्रम्पले ती जहाज र उनीहरूका चालक दल निर्दोष रहेको र परिस्थितिवश त्यहाँ फसेको दाबी गरेका छन्।
उनले भनेका छन्, 'संयुक्त राज्य अमेरिकाले ती जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्नेछ ताकि तिनीहरू कुनै खतराबिना आफ्नो काम जारी राख्न सकून्।'
उनका अनुसार यो अपरेन सोमबार बिहान सुरु हुनेछ।
ट्रम्पले चेतावनी दिएका छन्, 'यदि इरानले यो अपरेसनमा अवरोध पुर्यायो भने संयुक्त राज्य अमेरिकाले कडा प्रतिक्रिया दिनेछ।'
Shares

प्रतिक्रिया