ग्लोबल


इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

आज (जुन १६ तारिख) इन्डोनेसियाको पालुमा ६.७ म्याग्निच्युडको भूकम्प गएपछि अनुतापुरा जनरल अस्पतालबाट बाहिर निस्किएका बिरामी र उनीहरूका आफन्त।(फोटो: एएफपी)


नेपालखबर
असार २, २०८३ मंगलबार १३:२८, काठमाडौँ

मध्य इन्डोनेसियामा आज (मंगलबार) ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। 

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पालुको दक्षिणपूर्वमा बिहान १०:२७ बजे (स्थानीय समय) भूकम्प गएको हो।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार पालु र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा छैन। 

हालसम्म भूकम्पका कारण कुनै हताहत वा क्षतिको रिपोर्ट आइसकेको छैन।

दक्षिणपूर्वी एसियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिङअफ फायरलगायतमा बारम्बार भूकम्प आउने गरेको छ।

यसअघि सन् २०१८ मा पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण २ हजार २०० जनाभन्दा बढीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad