दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या बढ्दै गएको छ।
भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले बिहीबार साँझ सरकारी टेलिभिजनमा बताएअनुसार भूकम्पबाट मृत्यु भएकाको संख्या अहिलेसम्म २३५ पुगेको छ। यस्तै ४,३०० भन्दा बढी घाइते भएको उनले बताएका छन्।
स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएका थिए।

भूकम्प गएलगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो।

171
Shares

प्रतिक्रिया