ग्लोबल


पाँच जना बोकेर उडेको पाकिस्तानी विमान अचानक बेपत्ता

पाँच जना बोकेर उडेको पाकिस्तानी विमान अचानक बेपत्ता

नेपालखबर
असार २४, २०८३ बुधबार १०:८, काठमाडौँ

शारजाहबाट कराँची उडान गरिरहेको पाकिस्तान के२ एयरवेजको कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता भएको छ।

बीबीसी उर्दु सेवाका अनुसार जहाजमा पाँच जना चालक दलका सदस्य थिए।

पाकिस्तान विमानस्थल प्राधिकरणलाई मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी भएको सूचना प्राप्त भएको थियो। 

यसपछि तुरुन्तै कराँची क्षेत्र नियन्त्रण केन्द्रले विमानको निगरानी थालेको थियो। यद्यपि राति ९:२१ बजे राडारमा विमान द्रुत गतिमा ओर्लिरहेको देखाएको थियो तर यसको दिशा अचानक परिवर्तन भयो।

त्यसको केही समयपछि कराँचीबाट लगभग १५५ समुद्री माइल पश्चिममा विमानसँगको राडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भयो।

बेपत्ता विमान खोज्न पाकिस्तानी नौसेना, वायुसेना र अन्य एजेन्सी खटिएका छन्। पाकिस्तानी नौसेना जहाज पीएनएस जुल्फिकार पनि घटनास्थलमा पठाइएको छ।

पाकिस्तानी नौसेना एटीआर विमान तुर्बतबाट उडेको छ भने पाकिस्तान राष्ट्रिय ढुवानी निगमको व्यावसायिक जहाज लाहोर पनि खोजीमा सामेल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad