ग्लोबल


युक्रेनी आक्रमणबाट रसियन एयर बेसमा ठूलो क्षति, लडाकु जहाजहरु ध्वस्त (तस्बिर)

युक्रेनी आक्रमणबाट रसियन एयर बेसमा ठूलो क्षति, लडाकु जहाजहरु ध्वस्त (तस्बिर)

हवाई हमलाबाट ध्वस्त क्रिमियास्थित रसियन एयर बेस। तस्बिर : म्याक्सार टेक्नोलोजिजको वेबसाइटबाट


एजेन्सी
साउन २७, २०७९ शुक्रबार १७:५५, काठमाडौँ

रुस-युक्रेन युद्धको करिब १७० दिनपछि क्रिमियाको एयर बेसमा भएको एउटा हमलाका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन्। 

दाबी गरिएअनुसार युक्रेनी सेनाले रुसमा घुसेर उसको एयर बेसमा ठूलो क्षति पुर्‍याएको छ। 

यद्यपि यो आक्रमणमा अमेरिकाको हात रहेको समाचार पनि आइरहेका छन्। क्रिमियामा रहेको रसियन एयर बेसमा हमलाका लागि प्रयोग गरिएको प्रविधि युक्रेनसँग नरहेको तर्कसहित यसमा अमेरिकाको हात रहेको दाबी केही सञ्चारमाध्यमले गरेका हुन्। 

सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियामा रहेको एयर बेसमा भएको हमलापछिका तस्बिरहरुले त्यहाँ ठूलो क्षति भएको देखिएको छ। 

यी तस्बिरहरु स्याटेलाइट इमेज अमेरिकी कम्पनी म्याक्सर टेक्नोलोजिज र प्लानेट ल्याबले जारी गरेका हुन्। 

समाचार अनुसार रूसी कब्जामा रहेको क्रिमियाको साकी एयरबेसमा मंगलवार मध्यराति हवाई हमला भएको थियो। त्यसक्रममा ८ वटा रसियन लडाकु विमान ध्वस्त भएका छन्। रुसले यी विमानलाई युद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै त्यहाँ तैनाथ गरेको थियो। 

हमलाबाट क्षति?
साकी एयरबेसमा रूसका एसयु-३० एम लडाकु विमान, एसयु-२४ र टीआई-७६ मालवाहक विमान थिए। यी विमानमार्फत रुसले ब्ल्याक सागर र क्रिमियासँग जोडिएका क्षेत्रमा निगरानी गरिरहेको थियो।

रूसी सेनालाई उद्धृत गर्दै प्रकाशित गरिएका समाचार अनुसार यो हमलामा पश्चिमी देशको भूमिका छ। क्रिमिया एयर बेस युद्ध जारी रहेको स्थानबाट २०० किलोमिटर पूर्वतिर छ। त्यहीकारण यहाँ लामो दूरीको मिसाइल यहाँ पुग्न सक्दैन। यो हमलालाई लिएर रुसले जाँचबुझ थालेको छ।

जेलेन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परमाणु खतरामा लैजान खोजेको आरोप लगाएका छन्। 

यसैबीच रसियाले बिहीबार राति युक्रेनको जपोरिजिया परमाणु केन्द्रनजिकै भीषण बम आक्रमण गरेको छ। तर पनि त्यहाँ रसायन चुहावटसहितको ठूलो दुर्घटना नभएको बताइएको छ।

अर्कातिर उत्तरी युरोपेली देश लात्भियाको संसदमा रूसविरुद्ध एक प्रस्ताव पास भएको छ। प्रस्तावमा रुसलाई आतंकको प्रायोजक देश भनिएको छ। प्रस्तावमा राजनीतिक उद्देश्यले लिएको निर्णयका कारण नरसंहार बढिरहेको उल्लेख छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .