बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी भतिजी ट्युलिप सिद्दिकले बंगलादेशी अदालतले आफूलाई दिएको जेल सजायलाई 'गलत' भनेकी छन्।
ट्युलिप सिद्दिक बेलायतमा लेबर पार्टीकी सांसद हुन्।
बंगलादेशको भ्रष्टाचार विरोधी न्यायाधिकरणले सोमबार उनको अनुपस्थितिमा उनलाई दुई वर्षको कडा कारावासको सजाय सुनाएको छ।
४३ वर्षीया सिद्दिकले भनिन्, 'सम्पूर्ण प्रक्रिया सुरुदेखि अन्त्यसम्म गलत र हास्यास्पद छ।'
ट्युलिप सिद्दिक बेलायती प्रधानमन्त्री केयर स्टारमरको मन्त्रिपरिषद्मा मन्त्री थिइन्।
उनको परिवारविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि उनले यस वर्षको सुरुमा आफ्नो मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
321
Shares

प्रतिक्रिया