ग्लोबल


जम्मु-कश्मीरको किस्तवाडमा भीषण बाढी-पहिरो, अहिलेसम्म ४२ जनाको मृत्यु, २०० बेपत्ता

जम्मु-कश्मीरको किस्तवाडमा भीषण बाढी-पहिरो, अहिलेसम्म ४२ जनाको मृत्यु, २०० बेपत्ता

घटनास्थल


नेपालखबर
साउन २९, २०८२ बिहिबार २१:१४, काठमाडौँ

जम्मु-कश्मीरको किस्तवाड जिल्लास्थित चासोती क्षेत्रमा बिहीबार दिउँसो भीषण वर्षापछि आएको बाढी-पहिरोमा परी अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ। 

बाढी-पहिरोमा २०० भन्दा बढी मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

मचैल माता यात्राका लागि हजारौँ भक्तजन किस्तवाडको पद्दार उपडिभिजनको चासोटी गाउँमा पुगेका बेला बाढी-पहिरो ओइरिएको हो।

बाढीको पानीमा बस, पाल, लङ्गर र पसल सबै बगेका छन्। उद्धार जारी रहेको र मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad