‘कर्के नजर लगाउने हङकङ अध्यागमनले सम्मान दिन थालेको छ’

‘कर्के नजर लगाउने हङकङ अध्यागमनले सम्मान दिन थालेको छ’

नेपालखबर
जेठ २७, २०७६ सोमबार १०:४२,

भट्टराई आउनासाथ कार्यालयको लेआउटदेखि लिएर कर्मचारी फेरबदल गरेर सेवाग्राहीलाई चुस्त सुविधा दिने प्रयत्न गरिएको छ। 

कार्यालयमा फोटोकपी मेसिन नभएर सास्ती भोगेका सेवाग्रहीका लागि महावाणिज्यदूत भटराईले फोटोकपी सेवा प्रारम्भ गरे। हङकङमा रहेका शतप्रतिशत नेपाली कामदार हुन्। त्यसैले नेपाली समुदायललाई सहज हुने गरी सार्वजनिक विदाको दिन कार्यालय खोल्न अनुरोध गर्दै आएका नेपालीका मागको सुनुवाई उनकै पालामा भएको छ। लामो समयदेखि थाँती रहेको यो मागलाई महावाणिज्यदूत भट्टराईले लागु मात्र गरेनन्, कतिपय नेपाली सरकारी बिदामा समेत कार्यालय खोल्ने व्यवस्था गरिदिएका छन्।

उनले नेपाल प्रवर्द्धनका लागि हङकङका संघसंस्थासंग सहकार्यको सुरुवात गरेका छन्। तिनलाई आर्थिक सहयोग समेत दिइरहेका छन्। पहिले त्यस्तो गरिएको थिएन। महावाणिज्यदूतवासले हङकङ नेपाली महासंघसंग मिलेर नेपाली कला सँस्कृति झल्काउने ‘नेपाल डे ‘सम्पन्न गरिसकेको छ। बुद्ध पुर्णिमाका दिन बुद्ध जयन्ती कार्यक्रम नमो बुद्ध धर्म सेन्टरसँग मिलेर सम्पन्न गर्यो। एनआरएन र चेम्बर अफ कमर्स हङकङसँगको सहकार्यमा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रमका निम्ति बोलाइएको उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई महावाणिज्यदूतले हङकङको उर्जासम्बन्धी सरकारी निकायसँग भेटवार्ता गराउने काम गरेको थियो।

हामी उठ्ने छौँ फाउन्डेसनसँगको सहकार्यमा ‘एभरेष्ट डे’ मा हाइक फर नेपाल आयोजना गर्यो, जसमा विभिन्न देशका कूटनीतिक नियोग र हङकङ सरकारका प्रतिनिधिहरु उपस्थित थिए। यही जुन २४–२५ का दिन हङकङ नेपाली व्यापार संघसँग मिलेर ‘नेपाल व्यापार मेला’ आयोजना गर्न गइरहेको छ। यसमा नेपालबाट हस्तकला, पस्मिना, जडीबुटी, कार्पेट जस्ता सामग्रीहरुको स्टल राखिने भएको छ। त्यसै अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका लागि महावीर पुनको उपस्थितिमा च्यारिटी डिनरको कार्यक्रम समेत राखिएको छ, जसमा १ करोड उठाउने भनिएको छ।

स्थानीय नेपालीसँग सहकार्य गर्न हङकङमा ८ वर्षदेखि जनजाति समुदायबाट महावाणिज्यदूतको नियुक्त हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका आदिवासी जनजाति महासंघसँग समेत वार्ता गरेर सँगै अघि बढ्ने वातावरण तयार पारेका छन्। मकाउ समेत हेर्ने हङकङ महावाणिज्यदूतबासबाट भिसा लिएर नेपाल जाने पर्यटकहरुको संख्या उल्लेख्य हुने गर्दछ। तर देशमा गएको महाभूकम्पले हङकङ र चीनबाट नेपाल जाने पर्यटकको संख्या नराम्ररी खस्किएको थियो। उनले नेपाल तंग्रिएकोछ भन्ने सन्देश दिन नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्डसँग मिलेर हङकङका एक दर्जन पत्रकारहरुलाई अध्ययन भ्रमणको चाँजोपाँजो मिलाइदिए। साथै स्थानीयलाई नेपाल जान लाग्ने सबै भिसा शुल्क मिनाहा गरिदिएका छन्। यसले सकारात्मक प्रभाव पारेको उनी बताउँछन्।

भट्टराईले हङकङ आउनासाथ गरेका उच्चस्तरीय भेटघाटले दुई देशबीचको कुटनीतिक सम्बन्ध राम्रो बनाउन सहयोग गरेको उनको बुझाइ छ। ‘मेरो काम दुई देशबीच कसरी कूटनीतिक सम्बन्ध राम्रो बनाउने भन्ने हो। त्यसमा आउनासाथ काम गरेँ।’ भट्टराई भन्छन्, ‘आउनासाथ सुरुमै मैले प्रोटोकलअनुरुप सबै सरकारी व्यक्तित्व देखि हङकङ प्रमुखलाई भेटेर हाम्रो कुरा राखेँ।’

आफ्नो उच्चस्तरिय भेटघाटले नेपालीलाई अध्यागमनले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भट्टराई सुनाउँछन्। ‘पहिला नेपाली राहदानी देख्नासाथ हङकङ आउनेलाई छुट्टै लाइनमा राखेर केरकार गर्दथे।’ उनी भन्छन् – ‘अहिले त्यस्तो गरिँदैन। समान व्यवहार गरिन्छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .